लामिछानेको नयाँ पार्टीको चुनाव चिन्ह ‘घण्टी’


काठमाडौं । रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् ।मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गरेका हुन् । उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरुको मनमा घण्टी बजाउने जिकिरसमेत गरेका छन् ।काठमाडौं । रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् ।मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गरेका हुन् । उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरुको मनमा घण्टी बजाउने जिकिरसमेत गरेका छन् ।



काठमाडौं । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजिक एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरेका छन् ।

लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका हुन् ।लामिछानेले भनेका छन्, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’




यस्तै उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन् । साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए ।

लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अवलम्वन गर्ने पनि घोषणा गरेका थिए । तर निर्वाचनमा ‘राइट टु नो भोट’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताएका थिए ।

 



सम्बन्धित
Loading...