गोरखामा विप्लवका जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ


गोरखा । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्ट पक्राउ परेका छन् ।



पालुङटार नगरपालिका–७ खोलाघाटबाट आइतवार साँझ उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

४७ बर्षका कुमाल गोरखा नगरपालिका दश किलोका हुन् भने ३७ बर्षका भट्ट भिमसेन थापा गाउँपालिका मसेलका हुन् ।




उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता हुने प्रहरीले बताएको छ ।



सम्बन्धित
Loading...