छोराले गरे गाउँपालिकाका अध्यक्ष बाबुको गाडी तोडफोड !


काठमाडौं । एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् ।
गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूले चढ्ने गाडी उनकै छोरा ज्योति गच्छदारले तोडफोड गरिदिएका हुन् ।



हिजो दिनभर गाउँपालिकाको बैठकमा बसेर निस्किएका बेला अध्यक्ष छोरा गच्छदारले बाबुको निर्णयमा असहमति जनाउँदै तोडफोडमा उत्रिएका हुन् ।गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमा रोकेर राखिएको थियो । बजेट निर्माण लगायत, विभिन्न समिति बनाउने विषयमा दिनभर छलफल भएको थियो । ने

पाली काँग्रेसबाट बहुमतसहित निर्वाचित अध्यक्ष थारूले एमालेबाट निर्वाचित वडा अध्यक्षलाई कार्यपालिका भित्रका विभिन्न समितिहरूको जिम्मेवारी दिने तयारी गरेका थिए । तर, छोराले भने त्यसरी जिम्मेवारी दिनु नहुने भन्दै बाबु विरुद्ध उत्रिएका हुन् ।




अध्यक्षले भने गाडीको सिसा पहिल्यै चर्केकोले झरेको दाबी गरेका छन् । ‘अध्यक्षले सबैलाई समेटेर जान भनेर केहि समितिको संयोजक एमालेलाई पनि दिन सहमति जनाउनुभएको रहेछ, त्यसमा छोराले असहमति राखेपछि विवाद उत्पन्न भएको देखियो,’ एक स्थानीयले भने ।

 



सम्बन्धित
Loading...