रवि लामिछानेलाई धक्का, पहिलो प्रस्ताव नै अस्वीकृत !
काठमाडौं।
पत्रकारिता क्षेत्र छाडेर राजनीतिमा होमिएका रवि लामिछानेलाई धक्का लागेको छ । उनको पहिलो प्रस्तावमै धक्का लागेको हो । रविको पार्टीको प्रस्तावित चुनाव चिह्न अर्कैको हुने भएको हो ।
रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषण गरेका छन् । चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने उनले बताएका छन् । तर, पार्टी घोषणा गर्न नपाउँदै उनले चुनाव चिन्ह ‘घण्टी’ नपाउने भएका छन् । सो चिन्ह ‘राष्ट्रवादी दल’ले लिइसकेको खुलेको छ ।
लामिछानेले घोषणा गरेको नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले प्रस्ताव गरेको चुनाव चिन्ह ‘घण्टी’ अरू नै राजनीतिक दलले लिइसकेको भेटिएको हो । लामिछानेले चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्न जाने बताए पनि सो चिन्ह ‘राष्ट्रवादी दल’ले लिइसकेको छ।
मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह सार्वजनिक गरेका हुन्। उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरूको मनमा घण्टी बजाउने जिकिरसमेत गरेका छन्।
तर ‘घण्टी’ चुनाव चिन्ह २०७३ मंसीर ३० गते निर्वाचन आयोगमा दर्ता भएको दल ‘ राष्ट्रवादी’ पार्टीले लिइसकेको छ। नारायण गोपालमार्ग काठमाडौंमा कार्यालय रहेको सो दलका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी हुन्।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगर क्षेत्रभित्र छिट्टै ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान सम्पन्न हुने बताएकी छन् । चितवन उद्योग संघले मंगलबार आयोजना गरेको प्रमुख तथा उप–प्रमुखलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।
प्रमुख दाहालले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको सहकार्यमा २ सय ५० किलोमिटर सडकमा ७ हजार ५ सय स्मार्ट सडक बत्ती जडान कार्य भइरहेको जानकारी दिइन् ।
महानगरको आगामी विकास निर्माणका विषयमा विषयगत क्षेत्रसँग गहन छलफल चलिरहेको उल्लेख गरिन् । प्रमुख दाहालले व्यवसाय र घरबाहाल करलाई व्यवस्थित बनाउन चितवन उद्योग संघलाई आग्रह गरिन् । करको दायरालाई व्यवस्थित गर्ने सवालमा सबैलाई एकै ठाउँमा उभिन पनि प्रमुख दाहालले आग्रह गरिन् ।
कार्यक्रममा संघले भरतपुर महानगरपालिकाको समृद्ध विकासको लागि केही नीतिगत सुझावहरु समेत दिएको छ । संघले औद्योगिक ग्राम स्थापना र नेपालकै पहिलो औधोगिक पाठशालालाई सहयोग गर्नुपर्ने, सडकमा भएका बिजुलीका तार र टेलिफोनका तारहरुलाइ संरक्षण गर्न महानगरको ध्यानाकर्षण गराएको छ ।
कार्यक्रममा महानगर शैक्षिक महाशाखाका प्रमुख महेन्द्र पौडेल, भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल, भरतपुर–१२ का वडा अध्यक्ष लेखराज पन्त, भरतपुर–१५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा र भरतपुर–२६ का वडा अध्यक्ष ज्ञानप्रसाद खनालको उपस्थिति रहेको थियोे ।