बलात्कारपछि महिलाको हत्या एक पक्राउ




काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ स्थित भंगालमा एकजना महिलाको हत्या भएको छ । बुढानिलकण्ठ–३ घर भएकी ४० वर्षीय फुलमाया सुनारको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले  बताए ।

 




बुधवार मध्यान्ह भंगालमा निर्माणाधीन घरमा फुलमायाको शव फेला परेको थियो । हत्या आरोपमा प्रहरीले बाग्लुङ घर भएका लक्ष्मीनारायण केसीलाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ परेका केसी सो निर्माणाधीन घरको चौकीदार हुन् ।

 

मृतकको भित्री कपडा च्यातिएको र घटनास्थलबाट ढाटा फालेको अवस्थामा भेटिएको छ । फुलमायाको शव निर्माणाधीन घरको भुइँतलामा भेटिएको हो । सो घरको माथिल्लो तलामा आरोपी बस्दै आएका थिए ।

 

मृतक केही दिनअघि काम खोज्दै सो भवनमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । 

 

 



सम्बन्धित
Loading...