कावासोती १६ डण्डामा लागुऔषध सहित एक पक्राउ




पूर्वी नवलपरासीमा लागुऔषध सहित एक जना पक्र्राउ परेका छन् ।

 

नवलपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा उपमहानगरपालिका २९ बस्ने२९ वर्षिय मनविर परियार रहेका छन् ।

 




उनलाई कावासोती नगरपालिका वडा नं. १६ चालिस किलो जंगलस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउदै गरको ना १ ख ५२९१ नं.को बस चेकजाच गर्नेक्रममा नवलपुर प्रहरीद्वारा पक्राउ गरिएको हो ।

 

प्रहरीले उनको साथबाट डाइजेपाम नामक लागुऔषध १४ एम्पुल, नुफिन १४ एम्पुल, फेनारागन १४ एम्पुल गरि जम्मा ४ू एम्पुल लागुऔषध बरामद गरेको हो ।

 

दोषीलाई लागुऔषध सहित नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भई रहेको नवलपुर प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...