युवकलाई कुटेर हत्या गरेको आरोपमा नाबालिक एक सहित १३ पक्राउ




बारामा हत्या अभियोग लागेका १२ जनालाई जेल चलान गरिएको छ भने एक जना नाबालिगलाई सुधार गृह पठाइएको छ।

 

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दाका अभियुक्तहरूलाई कारागार चलान गरिएको हाे। एक जना भने नाबालिग भएकाले उनलाई सुधार गृह पठाइएको हो।




गत जेठ ३० गते बिहान जितपुर सिमरा उपमहानगरपालिका–६, नगौलस्थित चित्रबहादुर क्षत्रीको घरमा आफ्ना छोरा राकेशभक्त पौडेललाई कुटेर हत्या गरेको अभियोगमा चिरञ्जीवी पौडेलले प्रहरीमा जाहेरी दिएका हुन्।

 

जाहेरीअनुसार मुद्दाबारे अनुसन्धान पूरा गरी बारा जिल्ला अदालत पेस गरिएकामा अदालतको आदेशअनुसार मुद्दा पुर्पक्षका लागि अभियुक्तहरूलाई कारागार चलान गरिएको बारा प्रहरीले जनाएको छ।

 

यी हुन् अभियुक्त  कारागार पठाइएका प्रतिवादी

-जिल्ला बारा जितपुरसिमरा उमनपा वडा नं. ६ नगौल टोल बस्ने वर्ष २६ का  सन्दिप थापा।

-जिल्ला बारा  साविक डुमरवाना गाविस वडा नं.८ घर भई हाल जितपुरसिमरा उमनपा वडा नं. २ फूलबारी टोलमा बस्ने वर्ष ४२ को  के.वी. रिजाल भन्ने  खगेन्द्र रिजाल।

-जिल्ला बारा  साविक पिप्रा सिमरा गाविस वडा नं.५ घर भई हाल जितपुरसिमरा उमनपा वडा नं.२ सम्झौता टोलमा बस्ने वर्ष ३५ को उद्धव अधिकारी।

-जिल्ला बारा  साविक पिप्रा सिमरा गाविस वडा नं.५ घर भई हाल जितपुरसिमरा उमनपा वडा नं. ३ बजनी बलुवा टोलमा बस्ने वर्ष ४८ का अर्जुन चिमरिया भन्ने बलरामप्रसाद चिमरिया।

-जितपुरसिमरा उमनपा वडा नं. ६ नगौल टोलमा बस्ने वर्ष ५० का चित्रबहादुर क्षेत्री।

-जितपुरसिमरा उमनपा वडा नं. ६ नगौल टोलमा बस्ने वर्ष २४ का  सुजन भन्ने सुमन लामा।

-जिल्ला जितपुरसिमरा उमनपा वडा नं.६ रामवन टाडी टोलमा बस्ने वर्ष २६ का राजु अधिकारी।

-जितपुरसिमरा उमनपा वडा नं.३ शिव मन्दिर टोलमा बस्ने वर्ष ३४ का मसिने मगर भन्ने कुमार मगर।

-जितपुरसिमरा उमनपा वडा नं. ६ नगौल टोलमा बस्ने वर्ष २६ का सुदीप  घिमिरे।

-जितपुरसिमरा उमनपा वडा नं ३ रामवन टाँडी टोलमा बस्ने वर्ष २६ का सन्तोष खत्री।

-जितपुरसिमरा उमनपा वडा नं. ६ नगौल टोलमा बस्ने वर्ष ५० की दुर्गादेवी खत्री।

-जितपुरसिमरा उमनपा वडा नं.६ नगौल टोलमा बस्ने वर्ष ५० का सन्ते बछार।

बाल सुधार गृह भक्तपुर पठाइएका नाबालिका 

-संकेत नाम ३३ सिमरा ०७८/०७९ (ब)

 



सम्बन्धित
Loading...