२ वर्षअघि साथीको हत्या गरेको आरोपमा युवक पक्राउ




काठमाडौंको गौशालामा दुई वर्षअघि साथीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ मैजुबहाल घर भएका विवेक मल्ल छन् ।

 

२५ वर्षीय मल्ललाई जिल्ला प्रहरी कार्यलय उदयपुरसँगको समन्वयमा कटारीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले बताए । बिबेकले २०७७ जेठमा गौशाला एरियामा मोरङको सुन्दरहरैचा घर भएका उज्जवल काफ्लेको हत्या गरेको आरोप छ ।

 




कुमारीगाल बस्ने २० वर्षीय उज्ज्वललाई आरोपीले ‘मेथाडोन’ नामक लागु औषध धेरै खुवाएर हत्या गरेको भन्दै पिडित परिवारले किटानी जाहेरी दिएका छन् ।

 

मृतकलाई आफुले ‘मेथाडोन’ दिएको बिवेकले प्रहरीसँग स्विकार गरेका छन् । प्रहरीसँग उनले भनेका छन्–‘हामि खाएर बसेका थियौं, उज्जवल आएर मागेपछि हामिले दिएका हौं ।’

 

लागु औषध खाएपछि अस्पतालमा उनको मृत्यु भएको थियो । हत्यामा संलग्न आरोपी मल्ल कटारीमा मामाघरमा लुकेर बसेका थिए । उनले काठमाडौंमा विभिन्न ठाउँमा डाँका र चोरी गरेको प्रहरीको रेकर्डमा देखिएको छ ।

 

 



सम्बन्धित
Loading...