रुसमा विमानमा आगो लाग्यो, ४१ को मृत्यु, तीनको अवस्था गम्भीर
काठमाडौं । रुसको राजधानी मस्कोमा ७३ जना सवार एक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घाइते ६ मध्ये तीन जनाको अवस्था गम्भीर छ ।
मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा ७८ यात्रु र चालक दलका ५ सदस्य थिए ।
सो विमानमा उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि फर्काएर आकस्मिक अवतरण गराइएको थियो । अवतरण गर्ने क्रममा विमानको इन्जिनमा आगो लागेको थियो ।
रुसको सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित ३३ व्यक्तिको नामावली प्रकाशित गरेको छ ।