नवलपुरमा १८ महिने बालक बेपत्ता

नवलपुर। असार १६ ।
पूर्वी नवलपरासीमा १८ महिने एक बालक बेपत्ता भएका छन् ।
विनयी त्रिवेणी गाउपालिका वडा नं. बस्ने मन्नी थापाको डेढ १८ महिने वर्षिय छोरा प्रज्वल थापा बेपत्ता भएका हुन् ।
उनी घर अगाडि खेल्ने क्रममा हराएका हुन् । वरपर खोजतलास गर्दा पनि नभेट्टिएपछि उनलाई नजिकै घर अगाडि रहेको नालामा परि बगाएको हुन सक्ने आशंका गरिएको छ ।
नवलपुर प्रहरीले बालकको खोजतलास भईरहेको बताएको छ र बालकको आफन्तजनले विभिन्न मिडिया, संस्था तथा सरोकारवालासंग बालकाको खोजतलासीका लागि अपिल गरेका छन् ।