कपिलवस्तुकाे विजयनगरमा लागु औषधसहित एक जना पक्राउ




कपिलवस्तु ।  कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा लागु औषधसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेकाे छ ।

बिहिबार प्रहरी टोलीले गस्ती गर्ने क्रममा वडा नम्बर १ गुगाैलीमा पैदल हिँडिरहेको अवस्थामा शंका लागि खानतलास गर्दा (ब्राउन सुगर) जस्तो देखिने लागु औषधसहित २२ वर्षीय राम अजाेर यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाउँपालिकाकाे वडा नम्बर २ पडरीया घर भएका यादवलाई खानतलासी गर्ने क्रममा प्लाष्टिकले बेरेर लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी ४ ग्राम अवैध लागुऔषध फेला परेकाे थियाे । (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थसहित उनलाई सोही स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाइएको छ ।

आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा थप अनुसन्धान भइरहेको जनाएको छ ।



सम्बन्धित
Loading...