नवलपुरमा सर्पदंश र करेन्ट लागेर दुई जनाको मृत्यु


कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेल्हानीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।


 

मृत्यु हुनेमा सोही ठाउँका ५८ वर्षका उजि कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । 

गएराति आफ्नै घरको छत सफा गर्ने क्रममा छतमा रहेको बिजुलीको तारमा छुन गई करेन्ट लागेर घाईते भई उपचारको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा ल्याइएको थियो ।  

उपचारको क्रममा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ  । 

यस्तै मध्यबिन्दु ६ टाँडी बस्ने कृष्ण कुमालको छोरा वर्ष ६ को सजल कुमालको सर्पको टोकाईबाट मृत्यु भएको छ ।

घर नजिकै खेल्ने क्रममा नाम नखुलेको सर्पले टोकी गम्भिर बिरामी भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएको  थियो । 

यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा गएराति मृत्यु भएका प्रहरीले जनाएको छ । 



सम्बन्धित
Loading...