श्रीलंका बम विष्फोटका घटनालाई लिएर ६ सय जना देश निकाला


इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ ।



गृहमन्त्री बी. अबयवर्दनाले विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले देश निकाला गरिएको बताएका छन् ।

तर, देश निकाला गरिएकाहरु कुन-कुन देशका नागरिक हुन् भन्ने खुलेको छैन । यद्यपि प्रहरी सूत्रका अनुसार बंगलादेश, भारत, मालदिभ्स र पाकिस्तानका नागरिकहरुलाई देश निकाला गरिएको छ ।




यसअघि वैशाख पहिलो साता श्रीलंकाका चर्च र होटलहरुमा श्रृंखलावद्ध बम विष्फोट हुँदा २ सय बढीको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते छन् । विष्फोटको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ ।



सम्बन्धित
Loading...