पहिरोमा बेपत्ता दुई जनाको शव फेला, नहरको पानीमा डुबेर १ जनाको मृत्यु

गत शुक्रवार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव आईतबार फेला परेको छ ।
पहिरोमा पुरिएर बेपत्ता भएका रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आईतबार फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
पहिरोले घर बगाउँदा फालेलुङ–७ विहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव शनिबार विहान ८ बजे फेला परेको थियो ।

सुनसरी। सुनसरीमा नहरको पानीमा डुबेर १ जनाको मृत्यु भएको छ।
रामधुनी नगरपालिका– ३ सिघिया स्थित नहरको पानीमा डुवी १ जनाको मृत्यु भएको हो।
https://www.youtube.com/watch?v=P0206Wejx-A
आज दिउँसो पौने १२ बजे स्थानीय ५० बर्षीय महमत मियाँ नहरमा हात खुट्टा धुने क्रममा लडी पानीमा डुबेका थिए। उनलाई पानीमा डुबेको अवस्थामा स्थानीयले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको हो।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहेको छ।