खोलामा नुहाउने क्रममा एक पुरुषको मृत्यु

खोलामा नुहाउन जाँदा एक जना पुरुषकाे मृत्यु भएकाे छ ।
खैरहनी–५ स्थित दिदीको घरमा आएका मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिकाको कमाने बस्ने वर्ष ३२ का सुरज बस्नेतलाई ढुङ्ग्री खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी भान्जा वर्ष ११ का मुकेश पौडेलसँग नुहाउन खोलामा गएका थिए ।
नुहाउने ठाउँबाट करिब २०० मिटर तल शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।