टाउको देखिने गरी गाडेको अवस्थामा शिशुको शव फेला


सर्लाही –



सर्लाहीमा एक जना नवजात शिशुको शव हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका १३, श्रीनगरमा सोमबार साँझ गाडेको अवस्थामा शिशुको शव फेला परेको छ।




सागरनाथ गाउँबाट श्रीनगरतर्फ जाने सडकदेखि केही भित्र सागरनाथ वन परियोजनाको जंगलमा अन्दाजी १४र१५ महिनाको जस्तो देखिने शिशु ९छोरी०को शव फेला परेको हो।

वस्तु चराउन जंगल गएका गोठालाहरुले सोमबार साँझ घर फर्कने क्रममा टाउको देखिने गरी गाडेको अवस्थामा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तत्कालै इलाका प्रहरी कार्यालय केशरगन्जबाट प्रहरी निरीक्षक रोशन थापाको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्का गरी मृतक शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ।

घटनास्थल र मृतकको शव हेर्दा गएराति तिर हत्या गरी गाडेको जस्तो देखिएको छ।
प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको छ।

 

 



सम्बन्धित
Loading...