रामेछापको लुभुघाटमा बस दुर्घटना, ४० जना घाइते, ६ को मृत्यु




रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।




दुर्घटनामा परेर ४० जना घाइते भएका छन् । घाइतेहरुको उद्दार कार्य जारी छ ।

एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । रामेछापका डिएसपी थिङ दुर्घटनास्थलमा जाँदै छन् ।

लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको छ ।

 

 



सम्बन्धित
Loading...