कावासोतीमा जेष्ठ नागरिक मृत फेला


कावासोतीमा जेष्ठ नागरिक मृत फेला



नवलपरासी । पूर्वी नवलपरासीमा एक जना ८२ बर्षीय जेष्ठ नागरिक मृत फेला परेका छन् ।

कावासोती २ भाटटोला बस्जने ८२ बर्षीया जितबहादुर कामु मगर आज विहान मृत फेला परेका हुन् ।




हिजो विहान बजार जान्छु भनि घरबाट निस्किएका मगर राति अबेरसम्म घर नआएपछि प्रहरीले खोजतलास गरेको थियो ।

खोजीको क्रममा उनी आज विहान नौबजेतिर मृत फेला परेको नवलपुर प्रहरीले जनाएको छ ।

उनको शव शिवमावि नजिकै कम्पाउण्ट बाहिर मृतत फेला परेका थिए ।

घटनाको अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

 

 



सम्बन्धित
Loading...