रामेछापमा बस दुर्घटना : ९ जनाको घटनास्थलमै मृत्यु
रामेछाप जिल्लामा बस दुर्घटना भएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिकाको सिमानामा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
रामेछापबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना परी घाइते हुनेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।
