६ महिना अघि रुखबाट खसेकी हुप्सेकोटकी गीता बिर्कट्टा मगरको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह


प्रिय धन , –



नवलपुर , २१ असार २०७९ ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ रुम्सीकी गीता बिर्कट्टा मगरको उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।




२०७८ साल पुस २३ गते घाँस काट्ने क्रममा हुप्सेकोट ५ पांग्रेघाटमा रुखबाट खसेर उहाँको मेरुदण्ड भाँचिएको थियो ।

अहिले भरतपुर सरकारी अस्पतालमा नियमित डाइलाइसिस गरिएको छ । उहाँको कम्मर मुनिको भाग चल्दैन ।

परिवारमा आर्थिक अभाव भैरहने भएता पनि जायजेथाले भ्याएसम्म उपचार गरेको र थप उपचारका लागि काठमाडौं लैजानुपर्ने भएकाले उपचारमा आर्थिक सहयोग गरिदिनुहुन गीता बिर्कट्टा मगरकी आमा पूर्णा सारुले आग्रह गर्नुभएको छ ।

 

सहयोगका लागी पुसैं अर्थात भिनाजु बम बहादुर सारुको मोबाइल ९८१७४६२९८० वा दर्पण एफएमको फोन नम्बर ०७८४१०११७ वा मोबाइल ९८२३१३३१२३ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 



सम्बन्धित
Loading...