दुई बालिका सुनकोशी नदीमा बेपत्ता




उदयपुर, असार २३ –

उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।




उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् ।

बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिए ।

त्यसैगरी विराटनगरकाे सिंघिया खोलामा पुरुषको शव फेला परेको छ । बिहीबार बिहान अन्दाजी ४०-४५ वर्षीय पुरुषको शव फेला परेकाे हाे ।

मृतकको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार सिंघिया खोलाले बगाएर मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दामा पुर्याएको अवस्थामा शव फेला परेको हो ।

 

खोलामा शव देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए । सडेर दुर्गन्ध फैलिएको अवस्थामा शव भेटिएको डिएसपी श्रेष्ठले बताए । मृतकको पहिचान गर्ने प्रयास भइरहेको उनले बताए ।



सम्बन्धित
Loading...