नेपाली सिमेन्ट भारत जान थाल्यो




गोपी ज्ञवाली –
नवलपरासी, २४ असार । पश्चिम नवलपरासी सुनवलमा संचालनमा रहेको पाल्पा सिमेन्ट ईन्डस्ट्रिज लिमिटेडले पहिलो पटक नेपाली सिमेन्ट भारत पठाउन शुरु गरेको छ ।

नेपाल सिमेन्ट उद्योगमा आत्मनिर्भर हुदै गएको आवस्थामा नेपालले पहिलो पटक नेपाली सिमेन्ट भारत पठाउन लागेको पाल्पा सिमेन्ट ईन्डस्ट्रिज लिमिटेडका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले बताए ।




नेपाली सिमेन्ट भारत पठाउने शुरुवातमा पाल्पा सिमेन्ट उद्योगको उत्पादन गरेको सिमेन्ट शुक्रबार पहिलो लटमा भैरहवा भन्सार नाका हुदै सात वटा ट्रकलाई भारत पठाईएको जनसम्पर्क प्रबन्धक निरौलाले बताए ।

नेपाली सिमेन्ट पहिलो पटक भारत पठाउने क्रममा सुक्रवार सुनवल स्थित पाल्पा सिमेन्टले उद्योग परिषरमा एक कार्यक्रम गरी सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले रिबन काटेर सिमेन्ट लिन नेपाल आएका भारतीय ट्रकहरुलाई विदा गरेकी थिइन् ।

पाँच वर्ष पहिला मात्र स्थापना भएको पाल्पा सिमेन्ट ईन्डस्ट्रिज लिमिटेडले सिमेन्ट उत्पादन शुरु गरेको तीन वर्षमा नै उत्पादित सिमेन्ट भारत पठाउन थालेको हो ।

 

पहिलो चरणमा सात ट्रकहरु मार्फत सिमेन्ट भारत पठाएको र उद्योगले आवश्यकता र माँगका आधारमा नेपाली सिमेन्ट क्रमश भारत पठाउने बताईएको छ ।

 

नेपाली लगानीकर्ताहरुको ७ अरब ५० करोड रुपैयाँको लगानीमा सुनवल नगरपालिकाको सिसयानीमा स्थापना भएको पाल्पा सिमेन्ट ईन्डस्ट्रिज लिमिटेडले स्थापना कालदेखि नै क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ ।

 

 

उद्योगले १८ सय टन प्रतिदिन क्लिङकर र ३ हजार टन प्रतिदिन सिमेन्ट उत्पाद गर्दै आएको निरौलाले बताए ।

 

हाल नेपालमा ५० भन्दा बडि सिमेन्ट उद्योग संचालमा रहेका छन जस मध्य १५ वटाले क्लिंकर र सिमेन्ट दुबै उत्पादन गर्दै आएका छन । क्लिंकर सिमेन्ट उत्पादनमा प्रयोग हुने अत्यावश्यक बस्तु हो ।

 



सम्बन्धित
Loading...