नवलपुरमा केरुङ्गे खोलामा डुबेर बालकको निधन

रामकुमार श्रेष्ठ –
नवलपरासी ।
पूर्वी नवलपरासीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको निधन भएको छ ।
नवलपुर प्रहरीका अनुसार कावासोती नगरपालिका ५ मा केरुङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार कावासोती ५ निवासी नवलसिंह झेडीको निधन भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका बालकको स्थानीय र प्रहरीले उद्दार गरेको थियो ।
बालकको उद्दार गरी प्रहरीले तत्काल उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको भए पनि अस्पताल पुगेको केही बेरमै स्वास्थ्यकर्मीले बालकको निधन भएको घोषणा गरेको थियो ।
मोटरसाइकल चालक गम्भीर घाइते
त्यसैगरी कावासोतीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार कावासोती ८ मा अन टेष्ट ट्याक्टरले बा ७० प ९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकल चालक सल्यानका २० बर्षीय एकराज बस्नेतका गम्भीर घाइते भएका छन् ।
उनको भरतपुरमा उपचार भईरहेको र ठक्कर दिने ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=6mi4H53ko4s