जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष पक्राउ




धनकुटा । जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका-५ का वडा अध्यक्ष सन्तोष राई पक्राउ परेका छन् ।

 

जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका- ५ का वडा अध्यक्ष सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको होे ।




२३ वर्षिया महिलाले आफुलाई तेह्रथुमको एक होटलमा लगी जबरजस्ती करणी गरेको जाहेरी दिएपछि राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

 

थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

कालिगण्डकी करिडोर सडक खण्ड अवरुद्ध

 

नवलपरासी । कालीगण्डकी कोरीडोरको सडक खण्डका २ देखि अवरुद्ध भएको छ ।

 

ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार अविरल बर्षाका कारण गैडाकोट ननगरपालिका ३ तराङखोला र बुलिङटार गाउँपालिकाको सिमाना सडक अवरुद्ध भएको हो ।

कालिगण्डकी करीडोरको सडक खण्डमा पहिरो गई कोरीडोरको सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको हो र पहिरो हटाउन पहल भैरहेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...