नवलपरासीकी युवती तिनाउखोलामा मृत फेला, तनहुमा बेपत्ता बालककाे निधन

शनिबार बिहान मध्यनेपाल नगरपालिका–६ रामबजारस्थित मिदिम खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका १० वर्षीय रोनिस विक मृत फेला परेका छन्।
आइतबार तनहुँ व्यास नगरपालिका–१० बैरेनी मादी खोलामा विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।
‘हिजो दिउँसोदेखि रातिसम्म पनि प्रहरीले खोजतलास गरे पनि फेला पर्न सकेको थिएन। तर आज बिहानैदेखि पुनः खोजतलासी गर्दा भेटियो,’ रेग्मीले भने।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट अनुसन्धान टोली आएर मुचुल्का उठाएर शवपरीक्षणका लागि तनहुँको दमौली अस्पताल लगेको उनले बताए।
तिनाउखोलामा युवतीको शव फेला
रुपन्देहीको तिलोत्तमा-३ स्थित तिनाउखोलामा एक युवती मृत फेला परेकी छन् ।
पश्चिम नवलपरासीको सुनवल-२ की अस्मिता पटवार शर्माको शव नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।
आइतबार दिउँसो साढे १ बजेतिर उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।