पारिश्रमिक नपाए पछि स्वास्थ्य बिमा दर्ता सहयोगीले जिल्ला सम्पर्क कार्यालयमा लगाए ताला

नवलपुर, २७ असार । आफ्नो पारिश्रमिक नपाएपछि स्वास्थ्य विमा दर्ता सहयोगीहरुले जिल्ला स्वास्थ्य विकामा सम्पर्क कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।
नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमाको जिल्ला सम्पर्क कार्यालयमा नवलपुरका स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् ।
सोमबार कावासोती स्थित जिल्ला सम्पर्क कार्यालय पुगेका बिमा दर्ता समूहको टोलिले जिल्ला प्रमुख जायसोर भुसाललाई ज्ञापनपत्र बुझाए लगतै कार्यालयमा तालाबन्दी गरेका हुन् ।
बिमा दर्ता सहयोगीहरुले गत २०७८ देखिको पारिश्रमिक नपाएको, बिमितहरुलाई स्वास्थ्य सेवा प्रादयाक संस्थाहरुले सम्मान जनक व्यवहार नगर्ने गरेको, बिमाले समेटेको औषधि र गुणस्तरीय उपचारमा ध्यान नदिएको, केन्द्रिय बिमा बोर्डले समयमै सेवा प्रदायक संस्थालाई भुक्तानी नदिएको, स्वास्थ्य सेवा प्रादायक संस्थामा बिमा सहायता कक्ष स्थापना नगरिएको भन्दै जिल्ला सम्पर्क कार्यालयमा तालबन्दी गरेका हुन् ।
स्वास्थ्य बीमा दर्ता सहयोगीले २०७८ भाद्र चक्रको कमिसन आजको मितिले ३ दिनभित्र, २०७९ जेठ चक्रको कमिसन ७ दिनभित्र र अबदेखि हरेक चक्र सुरु भएको मितिले १५ दिनभित्र जुनसुकै हालतमा आफ्नो पारिश्रमिक पाउनुपर्ने माग समेत राखेका छन् ।
नवलपुर जिल्लामा २०७७ साल फागुन ०९ गतेबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा करिब १ लाख जनसंख्या आबद्ध भैसकेका छ्न ।
अस्पतालले १ कराेड बढी पाएनन भुक्तान
नवलपरासी । स्वास्थ्य विमा गरेको विरामीहरुलाई उपचारको लागि सम्झौता गरेको नवलपुरको जिल्ला अस्पताल मध्यविन्दु जिल्ला अस्पतालले विमा गरी आएका विरामीहरुलाई उपचार गरे वापतको रकम भुक्तान पाएका छैनन् ।
मध्यविन्दु जिल्ला अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा. विरबहादुर थापाका अनुसार मध्यविन्दु जिल्ला अस्पतालमा यस बर्ष विमा गरेर आएका सेवाग्राहीले सेवा लिए वापत १ करोड बढी भुक्तान नपाएको हो ।
हामीले एक करोड ८० लाख बढी खर्च गरेकोमा छौ त्यसमा करिब ५५ लाख मात्र प्राप्त भएको छ । – थापाले भने – रकम नआएका कारण असारमा हामीले कम औषधि मगायौं ।
थापाले आफूहरुलाई विमा गरेका सेवा ग्राही र अन्य सेवाग्राहीलाई कुनै विभेद नगरेको दावी समेत गरे ।