नवलपुरमा लागुऔषध सहित एक जना पक्राउ

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
विहीबार दिउँसो प्रहरी चेकजाँचको क्रममा कावासोती १६ अर्थात चोरमारा डण्डा बीच जंगलमा पर्ने ४० किलो भन्ने जंगलमा लागुऔषध सहित १ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना ७ ख ६५४ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ बस्ने बर्ष २९ को जगत थापालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट डाइजेपाम–१४० एम्पुल, नुफिन–१४०एम्पुल, फेनारागन–१४० एम्पुल, नाइट्राभेट १५ ट्याबलेट लागुऔषध बरामद गरी नियन्त्रणमा लिई कानुन वमोजिम अनुसन्धान भईरहेको जनाएको छ ।
याे पनि … ..
प्रहरीका लागि स्वास्थ्य शिविर
नवलपुर । पूर्वी नवलपरासीमो प्रहरी कर्मचारी लक्षित स्वास्थ्य शिविर र अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विहीबार प्रहरी चौकी तम्सरिया र प्राथमिक स्वास्थय केन्द्र चोरमारसंगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षण तथा अन्तक्रिया कार्यक्रम भएको हो ।
उक्त कार्यक्रमबाट प्रहरी चौकी तम्सरिया नवलपरासी पूर्वमा कार्यरत प्रहरी कर्मचारीहरु लाभान्वित भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।