नवलपुरमा सर्प दंशबाट एक जना विरामी, छतबाट खसेर एक जना घाइते

नवलपुर । पूर्वी नवलपरासीमा सर्पको टोकाइबाट एक जना विरामी भएका छन् ।
प्रहरी चौकी हुप्सेकोटका अनुसार हुप्सेकोट ४ चारघरे निवासी ४९ बर्षीय चन्द्रबहादुर कानुङलाई खेतमा काम गर्ने क्रममा सर्पले खुट्टामा डसेको थियो ।
उनलाई मध्यविन्दु जिल्ल अस्पतालमा सामानय उपचार पश्चात थप उपचारका लागि भरतपुर सरकारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घरको छतबाट लडी घाइते
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ अम्रसामा घरको छतबाट लडेर एक जना घाइते भएको छन् ।
प्रहरी चौकी तम्सरियाका अनुसार मध्यविन्दु ७ अम्रसा बस्ने १७ बर्षका विष्णु कुमाल आफ्नै १ तले घरको छतबाट लडेर घाइते भएका हुन् ।
उनको कम्मर र बाँया खुट्टामा चोट लागेको र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
१० बोरा मल बरामद
नवलपुर । पूर्वी नवलपरासीको कावासोती १६ चालिसकिलो जंगलबाट प्रहरीले १० बोरा मल बरामद गरेको छ ।
चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउदैँ गरेको प्र.३–०३–००१ ख ००५९ नम्बरको यात्रुवाहक बसमा बिना बिल भरपाई ल्याएको युरिया मल १० बोरा बरामद गरेको प्रहरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=FUU2bmS3-xo&t=5s