एरोफ्लोट प्लेन दुर्घटना: रुसी जेट ‘आकाशे बिजुलीको चपेटामा पर्‍यो’


रुसमा भएको हवाई दुर्घटनामा बाँच्न सफल व्यक्तिहरूले जहाज आकाशमा जाँदै गर्दा बिजुली चम्केर जहाजमाथि परेको बताएका छन्।



आइतवार शेरमियतएभो विमानस्थलमा अवतरण गर्नासाथ ठूलो आगलागी भएको विमानबाट केही व्यक्तिहरू बाँच्न सफल भएका थिए। ७३ यात्रुमध्ये पाँचजना चालकदलसहित ४१ जनाको दुर्घटनामा ज्यान गएको थियो।

दुर्घटनाको अनुसन्धान गरिरहेकाहरूले बिजुली परेको भन्ने दाबीमाथि कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन्।




रुसमा विमानमा आगो लाग्यो, ४१ को मृत्यु, तीनको अवस्था गम्भीर 

आधुनिक जहाजहरू आकाशमा चम्किने बिजुलीको मार खप्न सक्ने गरी बनाइएका हुन्छन्। र, रुसको राष्ट्रिय बाहकले विमान “प्राविधिक कारणवश” विमानस्थलमा फर्किएको बताएको छ।

तर यात्रुहरूले विमान उड्ने बितिक्कै आकाशे बिजुलीसँग जुधेको र चालक दलका सदस्यले पनि बिजुलीकै कारण एअर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुट्न पुगेको बताए।

नाटकीय भिडिओ दृष्यहरूमा विमान धावनमार्गमा नराम्ररी थचारिएको र त्यसपछि भीषण आगलागी भएको देखिएको थियो।

 



सम्बन्धित
Loading...