सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु




काठमाडौँ- पाकिस्तानको खैबर पख्तुनख्वामा सेल्फी खिच्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

 

भारतीय समाचार संस्था एएनआईका अनुसार खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको हो ।

 




घुमफिरको क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय सनाउल्लाह झरना नजिकैको भीरमा उभिएर सेल्फी खिचिरहेका बेला चिप्लिएर लडेको जनाइएको छ ।

साथै उनका २२ वर्षीय साथी अदनानले उनलाई बचाउन खोज्दा उनी पनि चिप्लिएर पोखरीमा बजारिएका थिए ।

 

दुबैजनाको घटनास्थलमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचारपत्र डनले जनाएको छ ।

 

उनीहरू दुई सय फिटको उचाइबाट खसेका थिए ।

 

दुर्घटनाका प्रत्यक्षदर्शी उमरले नजिकैको गाउँमा पुगेर घटनाबारे स्थानीयलाई जानकारी दिएका थिए ।

 

https://www.youtube.com/watch?v=WV7FRZZnzbw



सम्बन्धित
Loading...