वडा प्रवर्धन प्रष्तिठानद्वारा विद्यालयमा बृक्षारोपण


 



कावासोती । नवलपुरको कावासोती ९ मा रहेको वडा प्रवर्धन प्रष्तिठान द्वारा कावासोती ९ मा रहेको कावासोती आधारभुत विद्यालयमा बृक्षारोपण गरिएको छ ।

उक्त वृक्षारोपण कार्यक्रमको अध्यक्षता वडा प्रवर्धन प्रतिष्ठानका अध्यक्ष टंकप्रसाद लुइँटेलले गरेका थिए भने प्रमुख अथिति वडा सदस्य सुनिता महतो, विशेष अथितिमा जेष्ठनागरिक एवम् समाजसेवी बमबहादुर जिसी, समाजसेवी टंकप्रसाद शर्मा, लिलाधार गौतम, विद्यालयका शिक्षक शिक्षका, अभिभावक विद्यार्थी र कावासोती ९ मा रहेका बाल क्लबको सहभागिता रहेको थियो ।




कार्यक्रममा स्वागत मन्तब्य प्रतिष्ठानका उपाध्यक्ष पं.बिष्णुप्रसाद पोखरेलले राखेका थिए ।

वृक्षारोपण कार्यक्रममा यसै वडाका बम बहादुर जिसीले धुपिको बिरुवा रोपी वृक्षारोपणको सुरुवात गरिएका थिए । विद्यालय परिषरमा बकाइनो, एवोगाड, धुपी लगायतका विभिन्न जानकार विरुवाहरु रोपिएको थियो ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष टंकप्रसाद लुईटेलले सामाजिक हितका लागि अगाडि बढ्ने र विद्यालयको शैक्षिक उन्नति र प्रगतिको लागि हातमा हात मिलाई सहयोगको लागि अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

 

कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव बाबुराम केसीले गरेका थिए ।

 

 

 



सम्बन्धित
Loading...