दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३६ यात्रु घाइते – विवरण सहित

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतपÞर्m जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई पल्टिएर एक्कासी आगलागी समेत भएको थियो ।
बसमा सवार करिब ३६ जना यात्रु मध्ये सबै यात्रु घाइते भएको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले बताए ।
घाइतेहरु मध्ये गम्भीर घाइते २१ जनाको पुरानो मेडिकल कलेज भरतपुर, २ जनाको नयाँ मेडिकल कलेज भरतपुर र १३ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ
सडक भने अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।

