प्रजातान्त्रिक विचार समाज नवलपुरको अध्यक्षमा पुनː बाबुराम राना मगर

श्रावण १४, शनिबार
कावासोति
नेपाली काग्रेसको शुभेच्छुक संस्था प्रजातान्त्रिक विचार समाज नवलपुरको अध्यक्षमा पुन बाबुराम राना मगर सर्वसम्मत चयन हुनुभएको छ । आज नवलपुरको कावासोतिमा भएको पांचौ जिल्ला अधिवेशनले अध्यक्ष बाबुराम राना मगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमीति सर्वसम्मत चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा बालकृष्ण काफ्ले, महिला उपाध्यक्षमा टिकादेवि पोख्रेल, सचिवमा मुकुन्द प्रसाद पौडेल, कोषाध्यक्षमा आनन्द कुमाल, सह सचिवमा निराजन प्रसाद चौधरी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा पशुपति भट्टराइ, कृष्ण प्रसाद भुषाल, विष्णु माया पन्थी, मिना कंडेल (पत्रकार तर्फ) राम जी आचार्य, राम कुमार विश्वकर्मा, टंक बस्याल( कानुन तर्फ) अशोक श्रेष्ठ ( स्वास्थ्य तर्फ) र देवारज चापागाइ सर्वसम्मत चयन हुनुभएको छ ।
कार्यक्रममा नेपाली काग्रेस गण्डकी प्रदेशका महामन्त्रि एवं विधायन समितिका सभापति तथा गण्डकी प्रदेश संसद विष्णु प्रसाद लामीछानेको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपुरका उपासभापति तथा कार्यबाहक अध्यक्ष चन्द्र बाहादुर राना, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक एवं ससद ओमकला गौतम, नेपाली कांग्रेस जिल्ला उपासभापति बालकृष्ण घिमिरे, जिल्ला सचिव महेन्द्र पोख्रेल लगाएत विभिन्न भातृ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै प्रमुख अतिथी गण्डकी प्रदेशका संसद एवं नेपाली काग्रेसका गण्डकी प्रदेश महामन्त्री विष्णु लामीछानेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाइ लक्षीत गर्दै सम्पुर्ण शुभेच्छुक सस्था एकीकृत हुनुपर्नेमा जोड दिनुभयो । नेपाली काग्रेस गण्डकी प्रदेश विधान समितिका सभापति समेत रहनुभएका लामीछानेले बौद्धिक वर्ग सम्मिलीत प्रजातान्त्रिक विचार समाजले पार्टिलाइ सुदृढ गराइ अगाडी बढाउनको लागी निरन्तर खबरदारीको आवश्यकता रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रमका विशेष अतिथी गण्डकी प्रदेश ससद एंव नेपाली कांग्रेसका प्रमुख सचेतक ओमकला गौतमले स्थानिय तहको निर्वाचनमा भएका कमिकमजोरीलाइ केलाउदै आगामी निर्वाचनमा होमीनुको विकल्प नभएको बताउनुभयो ।
संस्थाका अध्यक्ष बाबुराम राना मगरको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र केसी तथा सहसचिव आनन्द कुमालले गर्नुभएको थियो ।