नवलपुरमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका एक जनाको उद्दार

रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा डुबेर दुई जना बालबालिकाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १४ हेगौलीमा २ बर्षीया बालिकाको माछा पोखरीमा डुबेर निधन भएको छ ।
कावासोती – १४ हेगौली बस्ने पुरण चौधरीकी २ बर्षीया छोरी प्रिन्सा चौधरी आफ्नै घर अगाडी आँगनमा खेल्ने क्रममा नजिकै रहेको आफ्नै माछा पोखरीमा डुबी निधन भएको हो ।
डुबीरहेको अवस्थामा बालिकाको आफन्तले देखि उपचारको लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी पूर्वी नवलपरासीको कावासोती ४ झलुङ्गे पुल नजिकै पोखरीमा पौडी खेल्ने क्रममा डबुरे एक जना बालकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका १० गणेश टोल बस्ने माया सिंजालीको ६ बर्षीय छोरा रितिक सिंजाली पौडी खेल्ने क्रममा अचानक डुबेर निधन भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको प्रहरीले स्थानीयको सहयोगमा खोजतलास गरी फेला पारी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पता पठाइएकोमा उनको चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताए ।
https://www.youtube.com/watch?v=cQP2I8peqao&t=6s
त्यस्तै नवलपुरको गैडाकोट नगरपालिका १ ब्रिटिश क्याम्प नजिक नारायणी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका युवकको प्रहरीले उद्दार गरेको छ ।
चितवन भरतपुर महानगरपालिका वडा नं. १० बस्ने बर्ष २४ को सुजन थापा पौडी खेल्ने क्रममा नारायणी नदिले बगाई लगेको र उनको इलाका प्रहरी कार्यालय गैडाकोट र स्थानीयको सहयोगमा उद्दार गरिएको प्रहरीले जनाएको छ ।
उनको चितवन स्थित नयां मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।