परासीमा चिनी सहित पिकअप बरामद




रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले १५ क्विन्टल अवैध चिनी सहित लु १ ज ४४०९ नम्बरको पिकअप गाडी बरामद गरेको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ को दशकठ्ठा भन्ने स्थानमा बेवारिसे अवस्थामा उक्त चिनी र गाडी बरामद गरेको हो ।




चिनीको मूल्य ९० हजार बराबरको र गाडीको अन्दाजी मूल्य १२ लाख बराबर रहेको प्रहरीले जनाएको छ ।

बरामद चिनी र गाडी आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय चलान गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले बताए ।

त्यसैगरी भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ५३ हजार ४ सय ३० रुपैया बराबरको लत्ता कपडा पनि प्रहरीले बरामद गरेको छ ।

पाण्डेयका अनुसार कुर्ता सुरुवाल, साडी लगायतका अवैध कपडा तथा विभिन्न खाद्यान्न गरी १ लाख ५३ हजार ४ सय ३० रुपैयाँ बराबरको सामग्री बरामद गरेको हो ।

 

https://www.youtube.com/watch?v=7oH6Zz_soZQ&t=23s



सम्बन्धित
Loading...