पश्चिम नवलपरासीमा सात फरार प्रतिवादी पक्राउ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले बुधबार विभिन्न अपराधमा कसुरदार भई जरिवाना फैसला भएका सात फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बुधबार बिहान जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीको टोलीले रामग्राम नगरपालिका–१६ बस्ने प्रमोद राजभर, सोही ठाँउ बस्ने पत्रलाल यादव, पाल्हित्रदन गाउँपालिका–६ बस्ने रानेश्वर सिंह र सोही ठाँउ बस्ने रोहित हरिजन, पारस भर, रोगी भर, माधव भरलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका प्रतिवादीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पठाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी भरतपुर अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा उपचारको क्रममा नवालपरासीका एक जनाको मृत्यु भएको हो ।
अस्पतालमा हाल तिन जना आइसियुमा र सात जना एचडियु गरि १० जना सङ्क्रमित उपचाररत छन् ।
https://www.youtube.com/watch?v=O9DyKEEbomQ