रौतहटमा र सुनसरीमा दुर्घटना, ४ जनाको मृत्यु


 



रौतहट जिल्लामा आज बिहीबार एकाबिहानै अशुभ समाचार सुन्नुपरेको छ । रौतहटमा आज बिहान ५ बजे बस र अटोरिक्सा एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

 

रौतहटको चन्द्रपुर नगरपालिका-२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका हुन् ।

 




आज बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठोक्किँएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परी मृत्यु हुनेहरुमा अटोरिक्सामा सवार सर्लाही-२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर रहेका छन् ।

 

घाइते भएका उनीहरुलाई अस्पतालमा ल्याएपछि मृत घोषणा गरिएको हो । बस चालकलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

यता सुनसरीको धरान उपमहानगरपालिका–८ मा बुधबार साँझ जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ईटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार ईटहरी उपमहानगरपालिका ११ का ३१ वर्षीय सुरज दाहालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दाहालको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जिप सहित चालकलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

https://www.youtube.com/watch?v=r81BzEGgoss



सम्बन्धित
Loading...