लुम्बिनीः छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु





लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेश कार्यालय दाङका अनुसार पछिल्लो २४ घण्टामा बाँके, कपिलवस्तु, रुपन्देही जिल्लामा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो ।

 


बाँकेमा करेन्ट लागेर र डुबेर २ जना, कपिलवस्तुमा सर्पले टोकेर १ जना र रुपन्देहीमा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उप–महानगरपालिका–१७ मा अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर बव्लु कलावरको मृत्यु भएको हो ।

 

२५ वर्षका बब्लुलाई भे १ स ७१४० नंको ब्याट्रीवाला अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागको थियो । उनलाई छुटाउने क्रममा बुवा परशुराम कलवार र हजुरआमा रामराज कलवारलाई समेत करेन्ट लागेको थियो । बुवा परशुरामको नेपालगन्ज नर्सिङ होममा मृत्यु भएको छ भने हजुर आमाको उपचार भइरहेको छ ।

यस्तै बाँके जिल्लाको बैजनाथ गाउँपालिका–५ मा फाइबर नेट जोड्ने क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिका–४ बस्ने २३ वर्षका टंक बहादुर विष्ट करेन्ट लागेर घाइते भएका छन् । उनको नेपालगन्ज नर्सिंङहोममा उपचार भइरहको छ ।

यता कपिलवस्तु जिल्लामा सर्पले टोकेर १ जनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–१० बस्ने वर्ष ५० कि पुष्पा अधिकारीको मृत्यु भएको हो । उनलाई खेतमा घाँस काट्ने क्रममा सर्पले टोकेको थियो ।

 

त्यस्तै बाँके जिल्लाको जानकी गाउँपालिका ५ का एक बालक नालामा मृत अवस्थामा फेला परेका छन्। ७ वर्षका सन्जु करवल घरदेखि १०० मिटर टाढा रहेको नालामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यता रुपन्देहीमा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २१ प ९५९४ नम्बरको स्कुटर तिलोत्तमा नगरपालिका–१ शंकर नगर चोकमा आफै अनियन्त्रित भई पल्टिदा ओमसतिया गाउँपालिका–१ बस्ने ३० वर्षीय शंकर पुनको मृत्यु भएको हो ।

 

स्कुटरमा सवार अन्दाजी २४ वर्षीय धनबहादुर पौडेल घाइते भएका छन् । उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ

 



सम्बन्धित
Loading...