रमदान मुबारक!


रियाज खान



हिजरी क्यालेण्डरको नवौं महिनालाई अरबिकमा ‘रमदान’ र उर्दु/फारसी/नेपालीमा ‘रमजान’ भनिन्छ।

इस्लामीक मान्यता अनुसार यो महिना अत्यन्तै महिमावान मानिन्छ। एक महिनासम्म बिहान हुनु अगावैदेखी सुर्यास्तसम्म पुर्णरुपमा भोकै बसेर उपासना गर्नु प्रत्येक बालिग र निरोगी मुस्लिमहरुको लागि अनिवार्य र अपरिहार्य कर्म मानिन्छ, जसलाई ‘रोजा’ बस्नु भनिन्छ।




इस्लामिक धर्म ग्रन्थ ‘कुरान’ अवतरित भएको महिनापनि भएकोले यस महिनालाई अन्य महिनाको तुलनामा धेरै महत्वपूर्ण मानेर मुस्लिम जगतले धर्म कर्ममा बढी तदारुकता देखाउने गर्दछन्।

चन्द्रमाको गति वा परिक्रमाको आधारमा निर्देश वा निर्धारण हुने रमदान महिना मध्यपुर्व, पच्छिमा देशहरुमा मई महिनाको ०६ तारीकदेखि शुरु हुँदैछ भने नेपाल, भारत लगायत पुर्वी एसिया लगायतमा ०७ तारीकबाट रमदान शुरु हुँदैछ।

इस्लामिक मान्यता अनुसार र हिजरी क्यालेन्डरको मिति र तिथि चन्द्रमालाई प्रत्यक्ष रुपमा हेरेर मात्र शुभारम्भ गरिन्छ। धेरै जसो देशहरुमा चन्द्रमा हेर्नलाई विशेष समिती नै गठित हुन्छ भने नेपाल जस्तो देशमा विधिवत त्यस्तो समितिको व्यबस्था नभएपनि सम्वन्धित क्षेत्र(समाज) का मान्यवरहरुको आपसी समझदारीमा मिति तिथि तय गरेर रमदान र रोजाको शुभारम्भ गरिन्छ। यसै कारण नेपालमा कहिले कहिं एकै दिन शुरु नहुन सक्छ।

यस पावन महिनाको पूनित अवसरमा विश्व जगतमा फैलिएका मुस्लिम समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

मुस्लिम धर्मावलम्बिहरुको पबित्र महिना रमजान आजबाट शुरु



सम्बन्धित
Loading...