पश्चिम नवलपरासीमा मिटरब्याज सम्बन्धी १ सय २ उजुरी




परासी — पश्चिम नवलपरासीमा मिटरब्याजीविरुद्ध १ सय २ वटा उजुरी परेका छन् ।

 

यसअघि जिल्लामा मिटर ब्याजले घरबारविहीन हुनु परेको भन्दै २५ जनाले मात्र जिल्ला प्रशासनमा जानकारी गराएका थिए । तर गृह मन्त्रालयले औपचारिक निवेदेन नै माग गरेपछि उजुरी दिनेको संख्या ह्वात्तै बढेको हो ।

 




भदौ ५ गते सम्ममा जिल्लामा मिरटब्याज सम्बन्धी १ सय २ बटा उजुरी परेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

 

‘जिल्लाको दक्षिणी भेगबाट मिटरब्याज सम्बन्धी उजुरी परेको छ भने बर्दघाट, सुनवल लगायतका बजार क्षेत्रबाट आर्थिक ठगीसँग सम्बन्धित उजुरी परेको छ, ’ प्रजिअ पोखरेलले भने, ‘दर्ता भएका निवेदनविरुद्ध गृह मन्त्रालयको निर्देशन अनुसार हामीले जिल्लामा काम अगाडि बढाउने छौं ।’

 

यसअघि जिल्लाको प्रतापपुर, सुस्ता, पाल्हिनन्दन र बर्दघाटका मिटरब्याज पीडितहरु काठमाडौं केन्द्रित आन्दोलन गर्दा २५ जनाले प्रशासनमा उजुरी दर्ता गराएका थिए । जसमध्ये २० वटा मिटरब्याज सम्बन्धी कारोबार साहु, ऋणी र प्रशासनबीच छलफल गरेर मिलाइएको थियो ।



सम्बन्धित
Loading...