नवलपुरः खोलाले टिप्पर बगायो, चालक वेपत्ता




नवलपुर । पूर्वी नवलपरासीमा खोलाले टिप्पर बगाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ पाखापानीमा विनयी खोलाले टिप्पर बगाएको हो ।

 




टिप्पर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । विनयी खोलाले ग २ ख १०२४ नम्बरको टिप्परलाई २ सय मिटर पर बगाएको प्रहरीले जनाएको छ ।

 

घटना स्थलमा सवारी धनी रहेको र प्रहरीले खोलाले बगाएको टिप्परलाई निकाल्लने प्रयास गरिरहेको जनाएको छ ।

 

 



सम्बन्धित
Loading...