यातायात व्यवस्थाका लेखापालले गरे ५ करोड भ्रष्टाचार


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अधिकारीले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक उच्च जीवनशैली यापन गरेको अख्तियारले दायर गरेको उजुरीमा उल्लेख छ । अधिकारीविरुद्ध ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । राजधानी दैनिकमा खबर छ।



सम्बन्धित
Loading...