पश्चिम नवलपरासीमा बसमा आगलागी

परासी । पश्चिम नवलपरासीमा गएराति एक्कासी बसमा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार गएराति सरावल गाउँपालिका २ मगरमुढामा युवराज चौधरीको घरदेखि २५ मिटर पर दक्षिण बाटोमा पार्किङ गरी राखेको लु १ ख ६६५४ नम्बरको बसमा अचानक आगलागी भएको हो ।
आगलागीबाट बसको भित्री भाग सिट र शिसा पूर्ण रुपमा चली नष्ट भएको र विहान सवा ३ बजेतिर मात्र बसको आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गरी रहेको र आगलागीको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक भोगजार पाण्डेयले जानकारी दिए ।