देवचुलीकी लक्ष्मी कक्षा १२ को परीक्षामा नेपाल दोस्रो

शुक्रबार सार्वजनिक भएको कक्षा १२ को नतिजामा देवचुली १३ की लक्ष्मी काफ्ले नेपालकै दोस्रो हुन सफल भएकी छिन्। चितवनको अरोमा कलेजबाट कक्ष १२ को परीक्षा दिएकी उनले ३.९१ जिपिए ल्याएर नेपालकै दोस्रो हुन सफल भएकी हुन्।
कक्षा १० सम्म देवचुली ७ मा रहेको भिमसेन आदर्श नमुना माध्यमिक विद्यालय अध्ययन गरेकी उनले कडा परिश्रम र मिहिनेतले यो नतिजा प्राप्त गरेको बताएकी छिन्। उनले उक्त नतिजा हासिल गर्न उनको आफ्नो मिहिनेत सँगै सहयोगी शिक्षक तथा अभिभावकको हौसला महत्वपूर्ण रहेको बताएकी थिइन्।
साथै पछिल्लो समय कक्षा १२ पश्चात् उच्च शिक्षाको लागी विदेशिने प्रचलन बढी रहेता पनि आफ्नो अगाडिको पढाइलाई नेपालमै निरन्तरता दिने बताएकी छिन्।