प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष ०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ आज संसदमा उपस्थित भएर दिँदैछन् ।
नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलका क्रममा उब्जिएका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने प्रचलनअनुसार प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर त्यसबारे प्रष्ट पार्न लागेका हुन् ।