नवलपुमा फोटो पत्रकार महासंघको अधिवेशन, अध्यक्षमा नविन पौडेल




कावासोती,

फोटो पत्रकार महासंघ नवलपुरको अध्यक्षमा पुनः नविन पौडेल निर्वाचित हुनु भएको छ ।




जिल्लाको कावासोतीमा आइतवार आयोजित विशेष भेलाले आगामी तीन वर्षका लागि पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

खुल्ला उपाध्यक्षमा दयाराम अचार्य , महिला उपाध्यक्षमा कल्पना कुवंर, सचिवमा धनु भुसाल, कोषाध्यक्षमा राजु चापागाइ र सहसचविमा मिना कंडेल चयन हुनु भएको छ ।

 

त्यसैगरि सदस्यमा चन्दा गुरुड।, प्रकाश भण्डारी, टिकाराम रजाली मगर, टोल बहादुर राना, धनप्रसाद पाण्डे, राजु चापागाई र सुस्मा सुनार रहनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले फोटो पत्रकार महासंघमा क्रमशः सबैलाई समेट्दै जाने बताउनु भयो । उहाँले सबै पत्रकारहरुको अपनत्व हुने गरि अघि बढ्ने बताउनु भयो ।

 

जिल्लामा कृयाशिल पत्रकार विभिन्न सघंसस्थामा आबद्ध भएपनि फोटो पत्रकार महासघले छिटटै नै प्रविधिलाई जोडदै तालिम संचालन गर्ने बताउनु भयो ।

त्यसैगरि नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले जिल्लामा गठित फोटो पत्रकार महासंघले जिल्लामा रहेर नमुना कार्य गर्नु पर्नै बताउनु भयो ।

 

उहाँले फोटो पत्रकारले मर्यादित तवरले फोटो तथा समाचार सम्प्रेषण गर्नुपर्ने बताउनु भयो ।

 

कसैको अनुमति विनाको फोटो र व्यतिmगत आक्षेप लाग्ने खालका फोटो खिचेर सामाजिक संजालमा पोष्ट गर्न नहुने भन्दै नवनिर्वाचित समितिले ध्यान दिन अनुरोध गर्नु भयो । नेपाल पत्रकार महासंघले पनि फोटो पत्रकार महासंघलाई सदैव हातोमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यतm गर्नु भयो ।

फोटो पत्रकार महासंघ नवलपुरका अध्यक्ष नविन पौडेलको अध्यक्षता तथा पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

 



सम्बन्धित
Loading...