बैंकर्सको निर्णयले सेयर बजारमा पहिरो




साताको अन्तिम कारोबार दिन सेयर बजारमा चरम निराशा देखिएको छ । बजार पकम नेप्से परिसूचक करिब ४६ अंकले घटेको छ ।

आज नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले असोज महिनाको लागि व्याजदर बैंकहरू आफैले तोक्न सक्ने निर्णय गरेको थियो ।एनबीएको यस्तो निर्णयपछि बैंकहरुले व्याजदर बढाउने अनुमानमा सेयर बजार घटेको एक लगानीकर्ताले बताए ।




परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । यो समाचार तयार पार्दासम्म (१ बजेर ६ मिनेट जाँदासम्म) नेप्से परिसूचक ४५.७६ अंकले घटेको छ ।

तर, कारोबार रकम भने ९४ करोड रुपैयाँभन्दा बढीको छ ।
सो अवधिसम्ममा सबै उपसूचक घटेका छन् । ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स २.२८ प्रतिशतले घटेको छ ।



सम्बन्धित
Loading...