स्वास्थ्य चौकीमा प्रयोगाशाला भएपछि हर्षित




गौरीशंकर जयसवाल

परासी




पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रको स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगाशाला सञ्चालनमा आएपछि ग्रामीण भेगका जनताहरु हर्षित भएका छन् । आफ्नै गाउँको स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएपछि ग्रामीण भेगका जनताहरु हर्षित भएका हुन् ।

पश्चिम नवलपरासीको रामग्राम वडा नं. १८ मा अवस्थित ग्रामीण क्षेत्र बन्झारियामा रहेको अमरबन स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएपछि त्यस क्षेत्रका जनताहरुले गाउँमै सेवा पाउन थालेको छन् । रामग्राम वडा नं. १८ का वडाअध्यक्ष गोपाल डिस्वा मगरले यहाँ प्रयोगशाला नहुँदा घण्टौ लगाएर ग्रामीण क्षेत्रका जनता परासी वा अन्त्रय ठाउँ जानु पर्ने अवस्था रहेकोमा आफ्नै वडामा रहेको अमरबन स्वास्थ्य चौकीबाट प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउना पाउँदा यहाँ जनताहरु र हामी समेत हर्षित भएको बताए ।

उनले प्रयोशाला स्वास्थ्य चौकीमा नहुँदा सानो तिनो वा ठूलो रोगको स्वास्थ्य परीक्षण गराउन परासी सदरमुकाको पृथ्बीचन्द्र अस्पतालमा परीक्षण गराउनपर्ने बाध्यताकको अवस्था रहकोमा गाउँकै स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएपछि ग्रामीण भेगका जनताहरु पृथ्बीचन्द्र अस्पतालमा स्वास्थ्य परीक्षण जानुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

वडा नं. १८ का पूर्व वडा सदस्य तथा स्थानीयबासी शेरबहादुर चौधरीले यहाँ प्रयोगशाला नहुँदा परासी सदरमुकाको पृथ्बीचन्द्र अस्पतालमा ग्रामीण जनताहरुले जानुपर्ने बाध्यता थियो तर अमरबन चौकीमा प्रयोगशाला सञ्चालन भएपछि यहाँका जनताहरुलाई गाउँकै स्वास्थ्य चौकीबाट प्रयोगशालाबाट सेवा पाउँदा त्यस समस्याबाट मुक्त भएको बताए ।

परासी सदरमुकाको पृथ्बीचन्द्र अस्पतालको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउदाँ जदाँ घण्टौ लाईनमा बसेर कुरेर प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउनुपर्ने र अझैँ रिर्पोट लिन घण्टौ लाग्ने पर्ने बताए ।

तर यहाँकै स्वास्थ्य चौकीबाट प्रयोगशालाबाट सेवा छिटोछरितो पाउँदा अवस्थाबाट ग्रामीण भेग जनताहरु हर्षित खुशी व्यक्त गरेको चौधरीको भनाई छ । प्रयोगशालामा सुगर स्वास्थ्य परीक्षण गराउन आउनुभएकी रामग्राम वडा नं. १८ की ६५ कुन्जी अहिरले चौकीमा प्रयोगशाला नहुँदा स्वास्थ्य परासी पृथ्बीचन्द्र अस्पतालको प्रयोगशाला सुगर चेकजाँच नियमीत गराउन जाने गरेको बताइन ।

उनले आफ्नै गाउँकैै अमरबन स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन भएपछि हामीलाई सुगर चेकजाँच गराउन सजिलो भएको बताइन । गाउँकै स्वास्थ्य चौकीमा प्रयोगशालाबाट सेवा पाउँदा र चेकजाँच गराउँदा खुसी व्यक्त गर्दै अहिरले अब परासीको पृथ्बीचन्द्र अस्पतालमा गई सुगर चेकजाँच गराउनपर्ने बाध्यताबाट मुक्त भएको बताइन । उनले भनिन –‘आफ्नो गाउँबाट परासी पृथ्बीचन्द्र अस्पतालमा पुग्ने घण्टौ लाग्ने गरेको त्यहाँ जाँदा घण्टौ लाइन बस्ने गरेको त्यसपछि पालो आउथ्यो त्यस पनि रिर्पोट लिन घण्टौ कुर्न पाथ्यो बाध्यता हटेको छ ।’

उनले तर गाउँकै स्वास्थ्य चौकीमा प्रयोगशालामा सुगर चेकजाँच गराउँदा १५ मिनेटमै रिर्पोट पाउने गरेको अहिरले सुनाइन । रामग्राम नगरपालिकाले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गरेर हामी जस्ता बिरामीहरुलाई उपकार गरेको र गाउँमै सेवा पाउँदा हामी सबै वडाबासीहरु खुशी हार्षित छौं ।

प्रयोगशालमा सुगर, यूरीया यूरिक्सीड, दिसापिसाब, ब्लडलागायतको चेकजाँच गरिदै अमरबनस्वास्थ्य चौकीका प्रमुख रमेशकुमार पहारीले जानकारी दिए । उनले दैनिक १० देखि १५ जना बिरामी प्रयोगशालमा सुगर, यूरीया यूरिक्सीड, दिसापिसाब, ब्लडलागायतको चेकजाँच गराउन आउने गरेको बताए ।



सम्बन्धित
Loading...