माओवादीले नवलपुरमा पनि निर्वाचन बहिस्कार गर्ने

नवलपुर । नेकपा (क्रान्तिकारी माओवादी) ले नवलपुरमा पनि निर्वाचन वहिस्कार गर्ने भएको छ ।
क्रान्तिकारी माओवादी नवलपुरले कावासोतीमा कोण सभा आयोजना गरी निर्वाचन वहिस्कार अभियान थालेका हुन् ।
कावासोतीमा भएको कोण सभामा माओवादीका गण्डकी प्रदेश इन्चार्ज अशोक लम्साल अनुकुलले मंसिर ४ गते हुने निर्वाचनले देश लुट्ने लुटेराहरुले पुन निर्वाचन गराउने भन्दा अरु कुनै निर्वाचन नभएकोले बहिस्कार गर्न आव्हान गरे ।
उनले भने – देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै र देशको राजनीतिक अवस्था सिकिम्मीकरण गर्न नेपालका संसदीय व्यवस्थाका दलहरु लागिपरेका छन् ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारी, बाबुराम पोख्रेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी टिकाराम काफ्लेले गरेका थिए ।
क्रान्तिकारी माओवादी नवलपुरको केही दिन अघि बसेको वैठकले आगामी निर्वाचन सशक्त बहिस्कार गर्ने निर्णय गरेको छ ।