हाेमस्टे सञ्चालकका लागि ३ दिने तालिम

नवलपुरमा हाेम स्टे सञ्चालकका लागि अातिथ्यता र खाद्य सुरक्षा सम्बन्धी ३ दिवशीय सम्बन्धी तालिम भएकाे छ l
होमस्टे माहासंघ गण्डकी प्रदेश र एन्साव नेपालको सहयोगमा नवलपुर जिल्ला भरी रहेका १४ वटा होमस्टेहरुबाट २ जनाका दरले प्रत्येक्ष पाहुना सेवा सत्कारमा काम गर्ने महिला दिदी बहिनीहरुको सहभागितामा ३ दिने तालिम भएकाे हाे ।
तालिम चिलाहा रतवल सामुदायिक होमस्टे कावासोती १० नवलपुरमा भएकाे थियाे l
कार्यक्रम होमस्टे महासंघका केन्द्रिय अध्यक्ष प्रेम शंकर मर्दनीया थारुको प्रमुख अतिथ्यता र गण्डकी प्रदेशका अध्यक्ष धनीराम गुरौ विशेषअातिथ्यतामा भएकाे थियाे ।
होमस्टे महासंघका नवलपुर अध्यक्ष रीम बाहादुर आले अध्यक्षतामा भएकाे तालिममा प्रशिक्षक सौगात पोखरेल, सुमन लम्साल, राजु आधीकारी, सुधन लम्सालले प्रशिक्षण दिएका थिए ।
एन्साव नेपालको सहयोगमा कार्यक्रम भएको हो ।
